सफल र असफल व्यक्तिमा के फरक छ ?
असफल व्यक्तिले भन्ने कुराहरु
१. मसँग केहि गर्ने क्षमता छैन । त्यसैले म गरिब छु ।
२. यस्ता किताब पढेर केहि पनि हुँदैन ।
३. मेरो भाग्य नै छैन । त्यसैले म यस्तो गरीब छु ।
४. तीन तीन पटको असफल भए । अब मैले यो काम कहिल्यै पनि गर्दिन ।
५. सफल हुने कुरा गर्दछन् तर योजना बनाउँनन् ।
६. सफल हुनका लागि समय तोकेका हुँदैनन् ।
७. काम सुरु गर्दछन् तर त्यस काममा अलिकति अप्ठ्यारो आउना साथ त्यो काम छाडेर अर्को काममा हात हाल्छन् ।
८. आफ्नो दाजुभाइ श्रीमतीलाई जितेको कल्पना गर्दछन् ।
९. सोच्ने तरिका पुरानो हुन्छ ।
१०. पैसा कमाउनको लागि काम गर्नुपर्दछ ।
११. बिहानमा निद्रा खुलेपछि पनि अबेला सम्म सुत्छन् ।
१२. यो काममा सफल हुन्छु जस्तो त लाग्दैन त्यही पनि एकपटक प्रयास गर्दछु भएन भने अर्को काम गर्नुपर्ला ।
१३. तपाई नभए पनि मलाई काम चल्छ । तपाइको सहयोग नभएपनि हुन्छ मलाई
१४. भाग्यमा विश्वास गर्दछन् ।
१५. त्यो काम अर्को हप्ताबाट शुरु गर्दछु ।
१६. अरुलाई सिकाउँछन् ।
१७. कसैलाई नसोधी काम शुरु गर्छन् ।
१८. जुन काममा पनि घाटा अनि समस्या मात्र देख्छन् ।
१९. यो गल्ती मैले गरेको होइन । यो गल्ती अरुको कारणले भाको हो । आफू पानी माथिको ओभानो हुन चाहन्छन् ।
२०. सानो सल्लाह गर्नु पर्दा पनि झगडा गरेजस्तो गर्दछन् । बोलीमा मिठास् ल्याउन जान्दैनन् ।
सफल व्यक्तिले भन्ने कुराहरु
१. मसँग मैले सोचेभन्दा पनि बढी क्षमता छ । म धनी हुन सक्छु ।
२. खाली बस्नु हुँदैन धेरै थोरै प्रत्येक दिन केहि न केहि पढ्नुपर्दछ ।
३. जन्मदा कसैले केहि पनि लिएर आएको हुँदैन । यो त हामीले गरेपछि मात्र हुने कुरा हो ।
४. जति धेरै असफल हुन सक्यो त्यति बढी सफल हुने अवसर हुन्छ । यस्तो असफले केहि पनि हुँदैन एकदिन म जसरी पनि सफल हुन्छ ।
५. योजना बनाउँछन् र त्यसपछि मात्र सफल हुने कुरा गर्दछन् ।
६. २०८० साल माघ १ गते भित्र सफल भएर छोड्छु भनेर समय तोकेको हुन्छ ।
७. काम सरु गर्छन् । सुरु गरेको काममा जस्तो सुकै अप्ठ्यारो आएपनि त्यो कामलाई छोड्दैन् ।
८. संसारलाई आफूले जितेको कल्पना गर्दछन् ।
९. कामको प्रकृतिअनुसार सोच्ने तरिका फरक हुन्छ ।
१०. पैसा कामाउनको लागि नभएर पहिला सिक्नको लागि काम गर्नुपर्दछ ।
११. बिहानमा सबेरै उठेर आफ्नो काम वा अध्ययन गर्दछन् ।
१२. आफूमा विश्वास गर्छन जुन काम गर्छन् त्याृ कामलाई परिवर्तन गर्दैनन् ।
१३. मलाई तपाईको सहयोग सधै चाहिन्छ । म तपाईलाई आवश्यक नभए पनि मेरो लागि तपाई अति आवश्यक हुनुहुन्छ ।
१४. काममा विश्वास गर्छन् ।
१५. त्यो काम अहिल्यै शरु गर्दछु ।
१६. नजाने जस्तो गर्दछन् ।
१७. सबैलाई सोध्छन् । यो काम कसरी गर्दा ठीक हुन्छ ? तपाइले कसरी गर्नुहुन्छ ? कहाँबाट शुरु गर्दा ठीक हुन्छ ? आदि इत्यादि सोधेपछि मात्र काम शुरु गर्दछन् ।
१८. जुन काममा पनि नाफा अनि अबसर मात्र देख्छन् ।
१९. सत्य बोल्दछन् । मलाई क्षमा गनुहोस् । यो गल्ती मेरो कारणले गर्दा भएको हो । अरु होइन यसमा म आफै दोषी छु ।
२०. झगडा गर्नु पर्यो भने पनि बोलीमा मिठास् हुन्छ । बोलीले अरुलाई जित्न सक्छन् ।