प्रचण्ड–नेपाल पक्षको तेस्रो चरणको आन्दोलन घोषणा, काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित सहिदलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शनलगायत छन् ।
यसैगरी तेस्रो चरणको संघर्षका कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल पक्षले माघ १५ मा बुटवलमा, माघ १६ मा विराटनगरमा, १७ मा धनगढीमा विरोध प्रदर्शन तथा सभा गर्ने भएको छ । यसअघि सो समूहले संसद विघटनविरुद्ध काठमाडौंमा वृहत शक्ति प्रदर्शन गरेको थियो।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेपाल दुई समूहमा विभाजन भएको छ। एक समूहको नेतृत्व प्रचण्ड(नेपालले लिएका छन् भने अर्को समूहको प्रधानमन्त्री केपी ओलीले लिएका छन्।
विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।