कालो मरिच खानुका गज्जब फाईदा, यी रोगहरुको हन्छ घरेलु उपचार

बिहिबार, १५ माघ २०७७

काठमाडौं – मरिच एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ ।पाकेका सुकेका फलहरूका बोक्राहरू बाट सेतो गोला मरिच बनाइन्छ । यो मसालाको रूपमा प्रयुक्त हुन्छ ।

कालो मरिच स्वादका लागि मात्र नभएर घरेलु औषधिका रूपमा समेत प्रयोगमा आउँछ । पेट, छाला र हाडसँग सम्बन्धित समस्यामा यो धेरै प्रभावकारी मानिन्छ । तसर्थ, दैनिक खाना बनाउँदा मरिच पनि थोरै हाल्न आवश्यक छ ।

यी हुन, कालो मरिचका फाइदा

  •  कालो मरिचमा कीटाणुनाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

 

  • कालो मरिचले पाचन शक्तिलाई बलियो बनाउनुका साथै पेट सफा गर्छ । नियमित यसको सेवन गरे ग्यास्ट्रिक हुँदैन ।

 

  •  जिरा र चिनीसँग कालो मरिच मिसाएर दैनिक दुई चम्चा सेवन गर्दा पायल्सबाट राहत पाउन सकिन्छ ।

 

  • बढ्दो उमेरका कारण हुने अर्थाराइटिस रोगीका लागि कालो मरिच फलदायी हुन्छ । तताएको तिलको तेलसँग यसको धुलो मिसाएर हातखुट्टामा लगाएमा आराम मिल्छ ।

 

  •  उच्च रक्तचापका बिरामीले तातो पानीमा कालो मरिचको धुलो मिसाएर खाएमा रोग नियन्त्रण गर्न सहयोग पुग्छ ।

 

  • तातोपानीमा कालो मरिचको धुलो र कागती हालेर पिउँदा एसिडिटीबाट छुटकारा पाउन सकिन्छ ।

 

  • कालो मरिचको धुलो नियमित सेवन गर्दा रुघाखोकी निको हुन्छ । साथै, धुवाँ–धुलोका कारण छातीमा हुने समस्या, फ्लु र भाइरलको संक्रमणबाट जोगिनसमेत सकिन्छ ।

 

  • कालो मरिचले रक्तसञ्चार नियमित गर्नुका साथै छालामा अक्सिजनको मात्रा बढाउँछ । तसर्थ, यसको सेवन गरे छालामा समस्या आउँदैन ।

 

  •  कालो मरिचको धुलो ठीक मात्रामा दैनिक सेवन गरेमा मांसपेशीजन्य रोग लाग्दैन । शरीरमा स्फूर्ति बढाउनुका साथै मस्तिष्क सक्रिय बनाउन मद्दत गर्छ ।

घरेलु उपचार

  • कपाल दुखेमा
    गाईको घिउ पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।

 

  • आधा टाउको दुखेमा
    मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको कपाल देखेको भए देब्रेपट्ट्रिेको कंचटमा लेप लगाउने र देब्रे पट्टीको कपाल दुखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।

 

  • पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा
    २५ दाना मुनक्का दाखको गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस्, यस्तो प्रक्रिया अपनाएमा १ पटकमा नै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेको रोग ठीक हुन्छ ।

 

  • कफ र खोकी लागेको रोगमा
    १ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।

 

  • हिक्क आउनेमा
    हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठिक हुन्छ ।

 

  • कफ जमेर गाह्रो भएमा
    फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।

 

  • जाडोले कामज्वरो आएमा
    एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

 

  • घाँटी सुनिएमा, टंसिल बढेकोमा
    पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुनिएको, टंसिल बढेको आदि रोग निको हुँदै जान्छ ।

 

  • दाँत दुख्ने रोगमा  : मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।

 

  • शरीर सुनिएकोमा
    मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।

 

  • चिसोले कपाल दुखेमा
    मरिच र दालचिनीको लेप बनाएर विहानरवेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।

 

  • घाँटी बसेमा
    घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०र१२ पात तुलसी ४र५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २र३ मात्रामै ठीक भएर आउँछ ।

 

  • दाँत कीराले खाएमा
    दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।

 

  • कम्मर दुख्ने रोगमा
    आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।

 

  • घाँटी दुखेमा
    राती सुत्ने बेलामा ८,१० गेडा मरिच र मिश्रीको टुक्रा चपाएर तातो पानीले निलेमा चिसोले घाँटी बसेको निको हुन्छ ।