प्रचण्ड–नेपाल समूहले बोलायो केन्द्रीय कमिटीको बैठक

आइतबार, १८ माघ २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार बिहान ११ बजेको लागि बैठक बोलाएको हो।

संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो।

यसअघि उक्त समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो। त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो।

समूहले माघ २८ मा राजधानीमा वृहत जनप्रदर्शन गर्ने तयारी गरेको छ।