फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं –नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवाार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमवार बढेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसैबीच सोमवार चाँदीको पनि मूल्य बढेको छ। आइतवार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १४०० रुपैयाँमा कारोबार भएको हो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा