ग्रीन लाइफ हाइड्रोपावरको आइपिओ आजदेखि बिक्री खुला, सर्वसाधरणलाई कति कित्ता ?

शुक्रबार, २३ माघ २०७७

काठमाडौं – ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आज माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर (आइपिओ) बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि यसअघि आयोजना प्रभावित स्थानीयहरुका लागि बिक्री खुला गर्दा बिक्री हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर आइपिओ निष्काशन गरेको हो ।

कम्पनीले कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो ।

१०० रुपैयाँ अंकित मूल्य रहेको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम् १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आवेदन दिने समय छिटोमा माघ २७ गते र उक्त मितिमा बिक्री नभए ढिलोमा फागुन ७ गतेसम्म निर्धाण गरेको छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रहेकोमा आइपिओ बिक्रीपश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ८० करोड पुग्नेछ ।