नेकपा प्रचण्ड–माधव पक्षले कहाँ–कहाँबाट निकाल्यो जुलुस ?

बुधबार, २८ माघ २०७७

काठमाडौं –आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेको छ। बिहान ११ बजेबाट प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न स्थानबाट पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमललाई केन्द्र बनाएर जुलुस निकालेका हुन्। उनीहरु सुन्धारामा हुने मुल प्रदर्शनमा १२ बजे आइपुगेपछि सुनधारामा मूल भृकुटीमण्डपमा हुने विरोधसभामा सहभागी हुने नेकपाले जनाएको छ।

विरोध सभामा सहभागी हुन नेकपाले गाउँ–गाउँबाट कार्यकर्तालाई काठमाडौंमा उतारेको छ। विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्डु,धवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन्।