२६ औँ मानवअधिकार पुरस्कार डा. विश्वकर्मालाई

बुधबार, २८ माघ २०७७

काठमाडौं –अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ ।

मंगलबार मानवअधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो ।

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–५ का स्थायी बासिन्दा डा. विश्वकर्मा बाजुरा जिल्लाको नागरिकको स्वास्थ्य सेवामा सर्मपित व्यक्तित्वको रुपमा परिचित छन् ।

३ वर्षअघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाको घाइतेलाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपतकालीन उपचार गरी घाइतेलाई बचाएपछि उनको चर्चा देशभरी भएको थियो ।

सम्मानपछि डा. विश्वकर्माले यो सम्मान आफ्नो मात्रै सम्मान नभई बाजुरा जिल्लामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको नै सम्मान भएको बताए ।