राष्ट्रिय महिला लिगमा आज दुई खेल

सोमबार, ३ फाल्गुन २०७७

काठमाडौं – काठमाडौँ( राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् भने दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका खेल्दैछन् ।

पुलस र एपीएफको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा १२ बजे सुरु हुनेछ । पुलिसविरुद्ध मैदान उत्रदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ । एपीएफ पुलिसलाई हरयेर उपाधि होड बलियो बनाउन चाहन्छ । पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।

अपराह्न हुने वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाको खेलमा दुबै टोली अंक तालिकामा आफ्नो स्थान सुरक्षित गर्न चाहान्छन् ।

वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने विराटनगर १० खेलमा १३ अंकसहित पाँचौं स्थानमा छ ।