फेकनको चुनावमा बामदेव गौतम !

मंगलबार, ४ फाल्गुन २०७७

काठमाडौं – शैक्षिक परामर्श क्षेत्रको दोश्रो ठूलो छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को दशौं बार्षिक साधारण सभा आगामी फागुन ८ गते हुँदैछ । उक्त सभाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

नयाँ कार्यसमितिका लागि दुई ओटा टीम प्यानलै बनाएर प्रतिशपर्धामा उत्रिसकेका छन् । दुई प्यानल बाहेक अर्को एक समूहले सर्वसम्मतका लागि नयाँ बहसको थालनी गरेको छ । स्वच्छ फेकन बनाउने भन्दै सर्वसम्मतका लागि एउटा समूहले पहलकदमी थालेको छ ।

भर्खरै उदाउँदै गरेको फेकनमा चाहिने भन्दा बढि राजनीति भएको भन्दै उक्त समूहले संस्थालाई बलियो बनाउन सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने माग अगाडी सारेको हो । दुई ओटै प्यानल एक आपसमा आरोप प्रत्यारोमा उत्रिएको भन्दै सर्वसम्मतका साथ नेतृत्व चयन गरेर फेकनियनहरु एक भएको सन्देश दिन उनीहरुले माग गरेका छन् ।

४० जना सदस्य रहेको दावि गर्ने उक्त समूहको नेतृत्व गगन विष्टले गरेका छन् । आर्थिक रुपले कमजोर रहेको फेकनमा गुटगत राजनीतिले झन कमजोर बनाउने भन्दै उनीहरुले यो पटक सर्वसम्मत नेतृत्व चयन गरेर अगाडी बढ्न बदाव दिने बताइएको छ । बार्ताको पहल गर्दापनि कहिले कुनै कुट वार्तामा नआउने र कहिले कोही नआउने भएकाले टीमै बनाएर सहमतीका लागि फिल्डमा आएको विष्टको भनाई छ ।

उक्त समूहले सर्वसम्मतका लागि दुबै प्यानलसँग बार्ता गर्ने जनाएको छ । निजी स्वार्थ भन्दा माथि उठेको व्यक्तिलाई संस्थाको नेतृत्वमा ल्याउन पर्नेभन्दै उनीहरुले अवको विकल्प सर्वसम्मत भएको बताएका छन् ।

यो अभियानको नेतृत्व विष्टले गरेका छन भने संजित कनौजिया, आरसी ओली, निराजन सिवाकोटी, मणी ज्ञवाली सदस्य रहेका छन् । उनीहरुमध्ये विष्ट, कनौजिया, आरसी ओली बर्तमान कार्यसमितिका सदस्य हुन ।

राष्ट्रिय राजनीतिमा नेकपाका उपाध्यक्ष बामदेव गौतमले अनौपचारिक रुपमा फुटेको नेकपालाई एकिकृत गराउने भन्दै नयाँ अभियानको सुरुवात गरे जसरी गगनहरुले पनि नयाँ गुटको सुरुवात गरेका हुन् । प्रचण्ड–नेपाल र केपी ओलीलाई मिलाउने भन्दै गौतमले छुट्टै नयाँ गुट बनाएका थिए । त्यसैगरी गगनले पनि भुपाल तामाङ र बासु नेपाललाई मिलाउन नयाँ गुटको सुरुवात गरेको बताए । यो प्रबृतिलाई नेपाली समाजले ‘बामदेव गौतम’ प्रबृती भन्ने गरेको छ ।