जोड एकेडमीमा अक्षरारम्भ तथा विज्ञान प्रदर्शनी सम्पन्न
काठमाडौं – काठमाडौं नयाँबस्ती बौद्ध स्थित जोन एकेडेमीले बसन्त पन्चमीको अवसर पारेर सरस्वती पुजा विशेष कार्यक्रम सम्पन्न गरेको छ। नेपाली बिद्यालयहरुले सरस्वती पुजालाई विशेष दिन मान्दै विभिन्न कार्यक्रम आयोजना गर्छन् भने यो अवसरमा नयाँ कामको सुरुवात गर्ने चलन पनि नेपाली समाजमा रहिआएको छ। त्यसबाहेक यो दिनलाइ पबित्र मान्दै बिधालय जाने उमेर पुगेका बालबालिकालाई अक्षरारम्भ गराँउने प्रचलन पनि रहेको छ।
जोन एकेडेमीले भने यो बर्षको सरस्वती पुजालाइ अझ विशेष बनाएको छ। आफ्ना बिद्यार्थीहरुको सर्बपक्षिय बिकासका लागि सधै सचेत यस बिधालयले उनीहरुमा सरस्वती पुजालाइ आध्यात्मिक चिन्तन बाट मात्रै हेर्नुभन्दा केही सिर्जनात्मक कार्य गर्ने समयका रुपमा पनि लिनुपर्छ भन्ने ज्ञान दिनका लागि बिज्ञान प्रदर्शनि आयोजना गरि सप्पन्न गरेको छ। उक्त प्रदर्शनिमा बिद्यार्थीहरुले स्थानीय स्तरमा उपलब्ध सामग्रीहरुको प्रयोग गरि विभिन्न उपयोगि बस्तुहरु निर्माण गरि अबिभावकहरु समक्ष प्रदर्शन गरेका थिए।
कार्यक्रम समापनपछि निकै प्रफुल्लित मुद्रामा भेटिएका बिधालयका प्रधानाध्यापक भोज कुमार धमलाले यो बर्षको कार्यक्रम हालसम्मकै उत्कृष्ट भएको प्रतिक्रिया दिए। जोन एकेडेमीको पठनपाठनका साथसाथै बिधार्थिहरुमा लुकेर रहेको प्रतिभाको बिकास गर्ने उदेश्य पूरा हुँदैछ भन्ने स्पस्ट रुपमा देखिएको र अबिभावकहरुको उल्लेखनीय सहभागीताले कार्यक्रम पुर्ण सफल भएको उनको भनाइ थियो। कार्यक्रममा विशेष छुटका साथ नयाँ विद्यार्थी भर्ना पनि गरिएको थियो।
