चुनावको तयारी व्यापक थाल्न देउवाको आह्वान

शुक्रबार, ७ फाल्गुन २०७७

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक चुनावमय भइसकेको दाबी गर्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् ।

नुवाकोटमा आयोजित एक कार्यक्रममा आज बोल्दै सभापति देउवाले प्रचण्ड–माधव समूहलाई समेत चुनाव लागिसक्यो, हामी चाहिं हुँदैन भन्दै बस्ने चुनावमा जानकै लागि उनीहरुले –प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा गई सूर्य चिह्न मागिसकेका छन् भन्दै उनले अब कांग्रेसले तयारी गर्न ढिलाई गर्न नहुने बताए ।