प्रचण्डजीको त मलाई सारै माया लाग्छ : प्रधानमन्त्री ओली

शनिबार, ८ फाल्गुन २०७७

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखेर आफूलाई माया लाग्ने गरेको बताएका छन् ।

विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड गलत बाटोमा हिँडेको आरोप लगाए ।

‘पहिला उहाँसँग वैद्य हुनुहुन्थ्यो, उहाँले छाड्नुभयो डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ, उहाँलाई झाँक्रीले बचाउन सक्दैन,’ उनले भने ।

विकासमा व्यवधान खडा गरेकाले प्रचण्डले अब नेपालको राजनीतिमा सफलता पाउन नसक्ने ओलीले बताए । ‘सिद्धिसकेका प्रचण्डलाई मैले फेरि एउटा जुरो हालिदिएको थिएँ, ठूलै जुरो हालिदिएको थियो । मैले अलिकति सिङ पनि हालिदिएको थिएँ । लामा सिङ भएपछि उहाँमा अहंकार बढ्यो,’ उनले भने, ‘उहाँको नियति असफलताबाहेक केही होइन ।’