प्रधानमन्त्रीको आरोप – सभामुख कीर्ते र झगडिया, उपराष्ट्रपति भाषण गर्दै हिँडे

शनिबार, ८ फाल्गुन २०७७

काठमाडौं – विराटनगरमा शनिबार आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई सरकार विरोधी झगडियाको संज्ञा दिएका छन्।

सभामुखलाई आफ्नो संवैधानिक मर्यादा र जिम्मेवारीको मतलब छैन। सभामुख त सरकार विरोधी झगडिया हुन्ु, उनले भने, ुसभामुख सरकारसँगका झगडिया भएका छन्। जसले किर्ते हस्ताक्षर र सनाखत गरेका छन्, उनै संविधान मासियो भन्दै हिँडेका छन्।ु

सभामुखमाथि प्रधानमन्त्रीको आक्रोशको मुख्य कारण थियो अविश्वास प्रस्तावको समय। ओलीले एउटा समयमा दर्ता अविश्वास प्रस्ताव अर्को समयमा भनेर सभामुखले किर्ते सनाखत गरेको आरोप लगाए।

ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनमाथि पनि कटाक्ष गर्न भुलेनन्। उपराष्ट्रपतिलाई संवैधानिक मर्यादा भुलेर भाषण गर्दै हिँडेको आरोप ओलीले लगाए।

उपराष्ट्रपति सरकारविरुद्ध भाषण गरेर हिँडेका छन्। उहाँको पदले भाषण गरेर हिँड्न दिन्छ ओलीले सोधे, संविधान मासियो भन्दै हिँडिरहनु भएको छ। उहाँ त चुनाव नगराउने पृष्ठभूमिबाटै आउनु भएको हो। उहाँलाई यो कुरा त थाहा हुनुपर्ने हो। सरकार त चुनाव गराउन लागिरहेको छ।