हवात्तै घट्यो सुुनको मूल्य, कतिमा हुुदैँछ कारोबार ?
काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाला सुन तोलामा
१ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुुन प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ६५० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैयाँ रहेको थियो ।