फेरी बढ्यो सुनको मूल्य, तोलाको कति ?

बुधबार, १९ फाल्गुन २०७७

काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्यमा केही सामान्य वृद्धि भएइको छ । आज तोलामा रु ५ सयले वृद्धि भएको हो ।

हिजो (मंगलबार) प्रतितोला रु ८७ हजारमा कारोबार भएकोमा आज (बुधबार) रु ५ सय बढेर प्रतितोला रु ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु ८७ हजार ५० कायम भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १३५० कायम भएको महासङ्घले जनाएको छ ।