संसद बैठक बस्नु अघि सभामुख र प्रचण्ड–नेपालबीच भेटवार्ता

आइतबार, २३ फाल्गुन २०७७

काठमाडौँ – नेकपा प्रचण्ड – नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नि सापकोटालाई भेटेका छन् ।

आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।

नेकपा प्रचन९नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि उनीहरुले सभामुखलाई भेटेका हुन् । सभामुखसँगको भेटमा के विषयमा छलफल भयो भन्ने खुल्न सकेको छैन ।

प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आइतबार ४ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ४ गते गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि संसद् बैठक बस्न लागेको हो ।