हाम्रो वानी व्यहोरा पनि सफलताको कारण हुन सक्छ
काठमाडौं – तपाइको वानीव्यहोरा कस्तो छ ? अर्कालाई मनपरी भन्ने, चोर्ने, ढाँट्ने, उप सहयोग गर्ने, आफूले नखाएर पनि अरूलाई खान दिने वा यस्को उल्टो । यो कुरा तपाई हामीलाई नै थाहा हुन्छ । यसको अवस्था यत्तिको छ भन्ने कुरा रि साथीभाई समाजले पनि भन्न सक्छन् तर कतिपय भित्री कुरा भने आफूलाई न मात्र थाहा हुन्छ ।
अतः यस्तो आफू भित्र लुकाइएको कुरा कस्तो छ त्यो जस्तो ॐ छ हाम्रो जीवन त्यसै दिशातर्फ गइरहेको हुन्छ।
एउटा सानो प्रसङ्गलाई पढि हालौं स् एक पटक एउटा किसानले आफ्नो । बारी बाँझै जोतायो । त्यसपछि हलोले जोत्न नसकेको छेउ, कुना र साँघुरो भाग बाँझै भयो । तर त्यो किसान अल्छी भएको हुँदा त्यो नजोतिएको बाँझो जमिन नजोतीकन नै बिउ छयो ।
उसले छरेको बिउ जोताएको जमिन, बाटोमा र बाझो जमिनमा परेको थियो । ती विउहरू मध्ये बाटाको बिउ सबै चराले खाइदियो । चराले खान नभ्याएको बाँझो जमिनको बिउँमा छिट्टै टुसा लागेर उम्रियो तर ओइलाएर बिरुवाहरू मरिहाले । त्यस्तै जुन जमिन जोतिएको थियो त्यसले सय वा सय गुणा भन्दा पनि बढी फल दियो।
अतः मित्र बन्धुहरू हामी प्रत्येकसँग आ(आफ्नो बानी हुन्छ। यस्तो बानी ब्यहोरा अनुसार हाम्रो जीवन चल्दै जान्छ। हामी जन्मँदा सबैको दिमाग खाली हुन्छ । अझ भन्ने हो भने यो बाझो नै हुन्छ । हामी हुर्किसकेपछि जे जस्ता कुराहरू घर(परिवार समाज, स्कूलबाट सिक्दछौँ । त्यसै अनुसार हामीले कुन पनि कुराहर गर्दै जान्छौ । अनि यो हाम्रो बानी बन्न पुग्दछ । अतः हामीले जस्तो जस्तो कुराहरू देख्दै जान्छौ, सिक्दै जान्छौ त्यही त्यही कुराहरू हामी गर्दै जान्छौ
मान्छेले अर्काले कमायो भने दुःखी हुन्छ । अर्कोलाई सुखी देख्न चाहदैन । यदि तपाईका साथीभाईले तपाईलेभन्दा धेरै प्रगती गरेका छन् भने तपाई तिनीहरुसँग किन दुःखी हुनुपर्यो आफूभन्दा कम उमेरको नै भए पनि सफल हुनेहरुसँग इर्ष्या गर्नुहुँदैन, खुलेर बोल्ने तथा मित्रता झन गहिरो बनाउने गर्नुपर्दछ।
यदि हामीले सिकेका, पढेका, सुनेका सबै कुराहरू अति सकारात्मक र उपयोगी छन् भने यसले हामीलाई ती कुराहरू सिक्दा जति खर्च गर्नु परेको थियो। त्यसको लागत भन्दा हजारौ गुणा बढी फल दिन सक्छ । तर सिक्ने बेलामा सिकेनौ, बुझ्ने बेलामा बुझेनौँ भने हामीले प्राप्त गर्न खोजेको नतिजा तथा बाटो अरूले नै प्राप्त गर्न सक्दछन् र अलिकति सफलता प्राप्त गरिहाले पनि त्यो छिट्टै ओइलाएर जान्छ ।
अतः आफूले प्राप्त गर्दै आएका सफलता वा सानातिना कुराहरूलाई अझ प्रभावकारी तथा बढी उपयोगी बनाउनको लागि अझै उपयोगी तथा सबैले मनपराउने खालका बानीब्यहोराहरूको विकास गर्दै जानुपर्दछ। कुकुरलाई जता लग्यो त्यतै जान्छ । लगिएन र तालिम दिइएन भने पछि सुधार्न धरै गाह्रो पर्दछ। त्यसैले बानी, पानी र कुकुरलाई बेलमौ ठिक ठाउँमा ल्याउनु पर्दछ नत्रभने मनपरी हिंडन शरु गर्दछ।