धुम्बाराहीमा नेकपाको बोर्ड हटाइयो, एमालेको राखियो

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं – साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ । आइतबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्।

सर्वोच्च अदालतको सोमबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्।

नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए। नेकपाका जिल्ला कार्यालयहरुमा एमालेको बोर्ड राख्न सोमबारदेखिनै सुरु भएको छ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो।