केपी ओली झुट प्रधानमन्त्री : गगन थापा

मंगलबार, २५ फाल्गुन २०७७

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओलीलाई झुट प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्तिको विषयमा विरोध गर्दा एसिड आक्रमणकारीविरुद्ध अध्यादेश फेल गर्न खोजे भनेर प्रधानमन्त्री ओलीले डंका पिटेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले लेखेका छन् ‘एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।’