ट्रक त्रिशुली नदीमा खस्यो, २ जनाको मृत्यु
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको ट्रक बेनीघाट रोराङ गाउँपालिकाको वडानम्बर १० अन्तर्गत पर्ने बेनीघाटबाट त्रिशुली नदीमा खस्दा २ जनाको मृत्यु भएको हो ।
रुपन्देहीबाट सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशुली नदीमा खस्दा चालक र सहचालक गरी २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्रकका चालक काभ्रेको बनेपा नगरपालिकाअन्तर्गत नाला घर भएका ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँ घर भएका सहचालक २८ वर्षीय समुन सञ्जेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) भोजराज पाण्डेले जानकारी दिए ।