फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
काठमाडौं – नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ ।
हिजो प्रतितोला ८५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले वृद्धि भइ प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य आज ८५ हजार ७५० रुपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको थियो ।