घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा शुक्रवार आज सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा ५ सयले गिरावट आइ ८६ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य ८६ हजार २ सय ५० रहेको छ ।
अघिल्लो दिन बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ ।
बिहीवार प्रतितोला चाँदी १२ सय ९० रुपैँयामा कारोबार भएको थियो । त्यस्तै आज मूल्य गिरावट आइ प्रतितोला १२ सय ७५ कायम भइ कारोबार भइरहेको छ ।