प्रतिनिधिसभा बैठक बस्दै

शुक्रबार, ६ चैत्र २०७७

काठमाडौं – प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्दै छ । दिउँसो १ बजेदेखि नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ।

आजको बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।