जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

आइतबार, ८ चैत्र २०७७

चितवन– जंगली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ। हात्तीको आक्रमणमा परी भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी तीलमाया भुजेलको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान चार बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।