सफलताको लागि ब्रह्म मुहूर्तको सदुपयोग

बुधबार, १९ कार्तिक २०८२

काठमाडौं – यदि तपाइ साँच्चै सफल हुन चाहनुहुन्छ भने बिहान ब्रह्म मुहूर्तमा उठ्नुहोस् । जो व्यक्ति ब्रहम मुहूर्तमा उठ्छ त्यस्तो व्यक्ति अरूभन्दा अगाडि हुन सक्छ। कतिपय मान्छेहरू विहानमा यतिसम्म अल्छी गरेर सुत्छन् कि बिहान आठ बजिसक्दा पनि उनीहरूको निद्रा खुल्दैन । अझ कसैले उठ अबेला भयो भनेर उठाउन खोज्दा उल्टै डिस्टर्व नगर भन्छन्।

जो व्यक्ति बिहानमा अबेलासम्म सुत्छन् त्यस्ता व्यक्तिका मस्तिष्क कोषहरू निश्क्रिय हुन्छन् र जुन रूपमा काम गर्नुपर्ने हो गर्दैनन् । जब मस्तिष्कले नयाँ विचार उत्पादन गर्न सक्दैन नयाँ जुक्ति कुनै पनि हालतमा आउँदैन । समस्यामा पनि जुक्ति र बुद्धिको प्रयोग गर्ने व्यक्ति निश्चित रूपमा जे काम गरे पनि सफल हुन्छ।

जीवनमा कसैसँग माया लाउनु छ भने सहनशील हुनुहोस् , ब्यापार गर्नु छ भने नाता जोड्नुहोस्, सफलै हुनु छ भने घर छोड्नुहोस् ।

अतः विहान ब्रह्म मुहूर्तमा उठेर चिसो पानीले नुहाउनुहोस् र सकारात्मक काम अथवा बोलीबाट दिनको सुरुवात गर्नुहोस् । बिहान ब्रह्म मुहूर्तमा झगडा गर्नुहुँदैन, रिसाउनु हुँदैन । तपाईंले ब्रह्म मुहूर्तमा गरेको कुराले, सोंचेको विचारले दिनभरिलाई काम गरेको हुन्छ । अझ बिहान ब्रह्म मुहर्तमा उठेर नुहाउने व्यक्तिको शरीर दिनभरि नै फुर्तिलो तथा हलुङ्गो हुन्छ । मन पनि आनन्दित हुन्छ। दिमागले नयाँ कामको खोज गर्न सुरु गर्दछ। ब्रह्म मुर्हतमा उठ्ने व्यक्ति बिहान आठ बजे पछि उठ्ने व्यक्तिभन्दा धेरै अगाडि हुन्छ । ती दुई व्यक्तिको विचार समेत फरक हुन्छ ।

यदि तपाई ब्र मुहर्तमा उठ्नुहुन्छ भने नयाँ जोस र जाँगर दिन्छ । अतः राति बरु १० बजे सुत्नुहोस् तर बिहान ४ बजे उठेर चीसो पानीले नुहाएर केही सकारात्मक कामबाट प्रत्येक दिनको सुरुवात गर्नुहोस् । विहान ४ बजर बजे सम्मको समयलाई ब्रह्म मुहूर्त भनिएको छ। ।