ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड मिति तोकियो

मंगलबार, १० चैत्र २०७७

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज प्रिअलोर्टमेन्ट हुने र आगामी शुक्रबार बाँडफाँड हुने जनाएको छ ।

कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४९६ आवेदकबाट तीन करोड ८४ लाख ८६ हजार २२० कित्ता सेयर माग गर्दै आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ आज प्रिअलोर्टमेन्ट गरेर धितोपत्र बोर्डमा पठाउने र शुक्रबार बाँडफाँड हुने एनएमबी क्यापिटका प्रबन्धक स्मृति महर्जनले बताइन् ।

कुल आवेदकको संख्या १८ लाख ४२ हजार भए पनि योग्य आवेदकको संख्यामा केही घट्न सक्नेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्नपर्ने हुन्छ । सर्वसाधारणको लागि निष्कासन गरेको ५९ लाख ४० हजार कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ५ लाख ९४ हजार आवेदकले पाउनेछन् ।