बसको ठक्करबाट युवतीको मृत्यु, लम्की क्षेत्र तनावग्रस्त

मंगलबार, १० चैत्र २०७७

काठमाडौं – बसको ठक्करबाट युवतीको मृत्यु भएको छ । मंगलबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका– १ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो ।

उनको मृत्युपछि स्थानीयले टायर बालेर प्रर्दशन गरिरहेका छन् । कैलालीको लम्की क्षेत्र अहिले तनावग्रस्त भएको छ । उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर जलाएका छन् भने ईलाका प्रहरी कार्यालयमा ढुङगा प्रहार गरेका छन् ।

मृतकको शव पनि ईलाका प्रहरी कार्यालय अगाडि राखेर स्थानीयले प्रदशन गरेका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाका अनुसार ठक्कर दिने बस र बर्दोगोरिया गाउँपालिका –१ का चालक ३१ वर्षीय पुष्प कडेँललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।