प्रधानमन्त्री ओलीसँग वार्ताका लागि जसपाका नेताहरु बालुवाटारमा
काठमाडौँ – सत्ता समिकरणबारे छलफल गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) का नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका छन्।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला मंगलबार बालुवाटार पुगेका हुन्।
उनीहरुबिच अहिले वार्ता भइरहेको छ। वार्ता सत्ता समिकरणमा केन्द्रित रहेको बताइएको छ।