अवरुद्ध भएको २४ घण्टापछि सञ्चालनमा पठाओ

बुधबार, ११ चैत्र २०७७

काठमाडौं – मंगलबार दिउँसोबाट अवरुद्ध भएको पठाओको एप्लिकेशन सेवा २४ घण्टा पछि आज सुचारु भएको छ ।

प्राविधिक कारणले सफ्टवेयरमा समस्या आएपछि सेवा अवरुद्ध हुन पुगेकोमा आज दिउँसो ३ बजेबाट पुनः सेवा सुचारु भएको कम्पनीले जानकारी दिएको छ ।

अनलाइन सफ्टवेयर सेवा सुचारु भएसँगै अब पूर्ववत् अवस्थामै राइड सेवा सुचारु भएको पठाओले बताएको छ ।
यद्यपी सेवा सुचारु भएपनि राइडरहरुलाई कम्पनीको लोगो अंकित ज्याकेट ट्याक लगायतका प्रोटेक्टिभ गेयर प्रयोग भने बर्जित गरिएको बस्न्यातले बताए ।