होली पर्व घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह–प्रवक्ता डा.समीर कुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या बढ्दो क्रममा छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’