वीरगंजको तरकारी तथा फलफुल बजारमा पनि माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सुरु

बिहिबार, १२ चैत्र २०७७

वीरगंज – वीरगंजको तरकारी तथा फलफुल बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सुरु भएको छ । वीरगंज तरकारी तथा फलफुलबजार स्थित क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन ।

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहन गर्ने उद्देश्यले वीरगंज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा सुरु भएको हो । उक्त क्युआर कोड सेवा सुरु भएसँगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आपुूले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सकिने छ ।

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधाहरुको कारण क्युआर कोड सेवाको लोकप्रिय बन्दै गइरहेको छ ।