भारतमा एकैदिन ५९ हजारभन्दा बढी कोरोना संक्रमण
काठमाडौं –भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यसअघि बिहीबार भारतमा ५३ हजार ४ सय ७६ जनामा संक्रमण देखिएको थियो । योसँगै भारतमा कुल संक्रमित संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा संक्रमणबाट थप दुुई सय ५७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमणबाट मृत्यु हुनेको संख्या भारतमा १ लाख ६० हजार ९ सय ८३ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेका बताइएको छ ।