घट्यो सुनको मूल्य, कति छ आज तोलाको ?

शुक्रबार, १३ चैत्र २०७७

काठमाडौं– नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रति तोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।