महासंघ निर्वाचन : जनपत्रकार संगठन नेपालको तर्फबाट दाना केसीको नेतृत्वमा उमेद्वारी दर्ता

शनिबार, १४ चैत्र २०७७

काठमाडौँ – आगामी चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा जनपत्रकार संगठनको तर्फबाट दाना केसीको नेतृत्वमा उमेद्वारी दर्ता भएको छ । प्रेस चौतारी नेपाल, प्रेस नेपाल र राप्रपा निकट पत्रकार संगठनको गठबन्धनबाट संगठनले केसीको नेतृत्वमा उमेद्वारी दर्ता गराएको हो ।

जनपत्रकार संगठनको तर्फबाट महासंघको महिला उपाध्यक्षमा दाना केसीले उमेद्वारी दर्ता गराएकी हुन । त्यस्तै संगठनको तर्फबाट प्रदेश २ बाट केन्द्रीय सदस्यमा पुराना पत्रकार सुदर्शन राज पाण्डेले उमेद्वारी दिएका छन् ।

उता कर्णाली प्रदेशको तर्फबाट बसन्त विकले केन्द्रीय सदस्यमा उमेद्वारी दिएका छन् । लामो समय रेडियो नेपालमा काम गरेका विक कर्णालीमा लोकप्रिय पत्रकार हुन ।