सफलता हासिल गर्नका लागि यस्ता कुराहरु अपनाउनुहोस्, एक दिन अवश्य सफल हुनुहुन्छ

मंगलबार, १७ चैत्र २०७७

काठमाडौं – तपाईले एउटा संकल्पै गर्नुपर्दछ संकल्प गर्नुहोस् । त्यो संकल्प के भने मैले काम गर्दा बीचमा जस्ता अप्ठ्याराहरू आए पनि खुशी साथ स्वीकार गर्छु ।

सफलताको लागि बोली: व्यक्ति जस्तो छ त्यस्तै कुराहरू उसको बोलीमा देखापर्दछ। यो व्यक्ति कस्तो छ, कसरी बोल्दछ, सफल व्यक्तिले के बोल्छन्, के गर्छन । असफल व्यक्तिले बोलेका कुरा र सफल व्यक्तिले बोलेका कुरामा कस्तो फरक हुन्छ ? असफल हुनेहरूले किन त्यस्ता कुरा गर्छन् ? उनीहरूलाई सुन्नुहोस् अवलोकन गर्नुहोस् र आफूलाई बदल्नुहोस्।

सफलताको लागि डर : ढुक्क भएर काम गर्नुहोस् । काम विग्रन्छकि भनेर नडराउनहोस ।काम बिग्रनुभन्दा बिग्रन्छ कि भनेर डराउने व्यक्ति सफल हुन सक्दैन त्यसैले ढुक्क हुनुहोस्, नडराउनुहोस्।

सफलताको लागि गल्ती : गल्तीबाट सिक्नुहोस् । गल्ती जसले पनि गर्छ गल्ती गर्नु भनेको नराम्रो होइन तर गल्तीबाट सिक्न नखोज्नु एकदम गल्ती हो।

सफलताको लागि खर्च : जति खर्च गर्नुहुन्छ त्यो सबै लेखेर राख्नुहोस् । प्रत्येक हप्ता आफूले गरेको खर्चको विवरण जाँच गर्नुहोस् । नचाहिने ठाउँमा खर्च गरिएको रहेछ भने अर्को हप्तादेखि त्यस्ता शीर्षकमा खर्च नगर्नुहोस् । त्यस्तै आम्दानीको पनि विवरण तयार गर्नुहोस्।

सफलताको लागि लगानी : धेरै–थोरै आफूसँग जति छ, जस्तो छ, जे छ, त्यसलाई लगानी गर्ने बानी बसाल्नुहोस् । लगानीले जति छिटो सफल बनाउँछ अन्य कुराले गराउन सक्दैन । लगानी गर्दा बुझेर, सोंचेर, सोधेर, ठिक ठाउँ पहिल्याएर पछि पछुतो गर्न नपर्ने ठाउँमा मात्र गर्नुहोस् ।

सफलताको लागि सेवा : सफल बन्नको लागि पैसा भन्दा पनि पहिला सेवा गर्नुहोस् । किनभने प्रशस्त अन्न प्राप्त गर्नको लागि पहिला बिउ रोप्नुपर्दछ । बिउ रोपपछि मात्र प्रशस्त अन्न कटानी गर्न पाइन्छ। त्यस्तै धनवान वा सफल बन्न पनि पहिला सेवा रोप्नुपर्दछ। काम गर्नुपर्छ तर पैसाको आशा गर्न हुँदैन । यदि तपाईं सेवामा बानी पर्नु भयो त्यसपछि बल्ल जीवनमा के गर्नुपर्दोरहेछ भन्ने कुरा

सफलताको लागि दिमाग: दिमागलाई भोको नराख्नुहोस् । प्रत्येक दिन दिमागलाई केही न केही खुवाउनुहोस् । दिमागको खाना भनेको प्रत्येक दिन केही न केही नयाँ कुरा पढ्नु हो। जब नयाँ नयाँ कुरा पढिन्छ धेरै भन्दा धेरै कुरा दिमागले पाउँछ त्यही खाना (ज्ञान) अनुसार दिमागले काम गर्न सुरु गर्दछ।

सफलताको लागि वर्तमान: वर्तमानलाई पूरा प्रयोग गर्नुहोस् । कुनै पनि काम भोलि गर्छ भनेर काम बाँकी नराख्नुहोस् । मैले भोलि गर्छ भन्नुको अर्थ मैले यो काम गर्दिन भन्न बराबर हो।

सफलताको लागि राम्रो पक्ष: जब तपाईं अरूसँग भेट हुनुहुन्छ । अरूले तपाईंलाई के छ हालखबर भनेर सोध्छन् । मेरो हालखबर खत्तम छ भन्ने नगर्नुहोस् । बरु तपाइ स्वस्थ भएको खुशी भएको, राम्रो भएको बारे भन्ने गर्नुहोस् । राम्रो पक्षको मात्र कुरा गर्नुहोस् ।

सफलताको लागि धैर्य: धैर्य तथा सहनशील हुनुहोस् । वैशाख, जेष्ठ महिनाको गर्मी महिनामा पनि आमाले खाना पकाएर छोराछोरीलाई खुवाउनु हुन्छ । उहाँ गर्मीसँग आत्तिनुहुन्न । उहाँ छोराछोरीप्रति पूरा समर्पित हुनुहुन्छ। त्यसैले त अहिले तपाई जवान हुनुहुन्छ । त्यस्तै जुन रूखमा बढी फलहरू फलेका हुन्छन् ती रूखहरूले ढुङ्गा तथा चोट पनि बढी नै खाएका हुन्छन् । अतः फलहरू बढी फलाउने रुखले बढी ढुङ्गा खाए झै राम्रो काम गर्नेलाई पनि बढी दोष लगाउन सक्छन् । त्यसका लागि धैर्य तथा सहनशील हुनुहोस् । तपाईं धैर्य हुनुभयो भने दोष लगाउनेहरू तपाईंदेखि टाढा जान्छन् जब धैर्य तथा सहनशील हुनुहुन्न उनीहरू तपाईंलाई नै पछ्याउन चाहन्छन्।

सफलताको लागि लोभ: लोभदेखि टाढा हुनुहोस् । जति ठूलो भाँडो पनि सम्पत्तिले टन्न भर्न सकिन्छ तर लोभलाई कहिल्यै पनि भर्न सकिदैन । यो लोभ भनेको समुद्रको पानी जस्तै हो जति बढी त्यो पानी पिउनु हुन्छ तपाइ अझै बढी तिर्खाउनु हुन्छ। समुद्रको पानीले तिर्खा मेट्न सक्दैन । त्यस्तै लोभी मान्छे पनि जीवनमा आनन्दित र सन्तुष्ट हुन सक्दैन । दुःख र सुख भनेको दिन र रात जस्तै हो । प्रत्येक दुःख पछि सुखको पालो आउँछ र फेरी प्रत्येक सुख पछि दुःखको पालो आउँछ । तपाईले गन्न पनि सक्नुहुन्छ जति दिनहरू हुन्छन् त्यति नै रातहरू पनि हुन्छन् ।