हराएका सात वालिका र किशोरी भारतको सितामाडीमा भेटिए

बुधबार, १८ चैत्र २०७७

काठमाडौं – मंगलबार दिउँसो घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा भेटिएका छन् । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीव साहले बेपत्ता सातै जना भारतको सितामढीमा भेटिएको बताए ।

भारत प्रहरीसँगको सहकार्यमा ती बालिका तथा किशोरीहरुको उद्धार गर्नलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी भारत प्रस्थान गरिसकेको छ । त्यहाँ पुगेपछि सबै विवरण आउनेछ ।’

मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ती बालिका तथा किशोरीहरु बुधबार बिहान सितामढीमा रहेको सूचनाप्राप्त भएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली भारततर्फ अघि बढेको हो ।

सम्पर्कविहीन हुनेमा महोत्तरीको भंगहा नगरपालिका–८, धर्मपुर टोलका अर्चना पासवान, सीमा पासवान, रंजना पासवान, ज्योति पासवान, रिया पासवान, नगिना पासवान र अस्मिता पासवान हुन्।

प्रहरी अधिकारीले बालिकाहरू सकुशल रहेको जानकारी गराएका छन्। उनीहरूको साथमा अरू कोही व्यक्ति नभएको र उनीहरूले गायक बन्नका लागि भारत हिँडेको बताएको प्रहरी अधिकारीको भनाइ छ।