कोभिडकै समयमा ४१९ जना हिमाल चढ्दै

आइतबार, २९ चैत्र २०७७

काठमाडौं– कोरोना भाइरसको समयमै ४१९ जनाले नेपालका हिमाल आरोहणको अनुमति पाएका छन्।

सगरमाथासहित विभिन्न १० हिमाल आरोहणका लागि ४९ वटा समूहले हिमाल चढ्ने अनुमति पाएका हुन्।

तीन सय २९ जना पुरुष र ९० जना महिला आरोहीले हिमाल चढ्ने अनुमति पाएका छन्। यसबाट सरकारलाई ३४ करोड रुपैया रोयल्टी संकलन हुने बताइएको छ।