सफलताका लागि सात शुत्रहरु

बुधबार, १२ कार्तिक २०८२

काठमाडौं – जीवनमा सबै मानिसहरु सफलता चुम्नका लागी निरन्तर यात्रामा लगनशील भएर लागीरहेका हुन्छन्। कोही असफल भएर पनि निरन्तर धैर्य लाइ प्यारो साथी बनाएर जीवनमा सफलता प्राप्त गर्न सफल हुन्छन्। आज हामी सफलता चुम्नका लागि छोटकरीमा यहाँको माझमा प्रस्तुत गर्दैछौं ।

१. सोच ठूलो राखौं । आफूलाई बुझौ, आफ्नो कमजोरी र सक्षमता आफै पत्ता लगाऔं अनी लक्ष्य निर्धारण गरी त्यसमा कठिबद्द भएर लागौः निरन्तर ।

२. सधै खुल्ला र सकारात्मक सोच राखौं । जीवनमा सफलता पाउन धेरै बाटाहरु रहेको तथ्य नभुलौं । एउटा बाटो बन्द हुंदा सयौ अरु सुन्दर गन्तव्यका बाटाहरु भेटिन सक्छन । खुशी र सकारात्मक रहौं।

३. डरलाई सधैभरि जितौं । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राखौ । हामी जस्तो सोच्छौं, त्यस्तै बन्छौ।

४. आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहौं । यदि गलत बाटोमा छौं भने जति मेहनत गरेपनि त्यसले हाम्रो लक्ष्यमा पुर्याउदैन।

५. जीवनको लक्ष्य निर्धारण गरौ अनी लक्ष्यलाई दिन, हप्ता,महिना र बर्षमा बाडौं। लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राखौं । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

६. सोच सकारात्मक, शब्दहरु मधुर, ह्रदय विशाल, कर्म उच्च र मुस्कान मिठो राखौं। हामीले गर्ने व्यवहारले नै अरुको हामी प्रतिको व्यवहारको दिशा तय हुन्छ। यो ऐना जस्तै हुन्छ सोचौं। अरुलाई दोष दिनु पुर्व आफ्नो बोली, व्यबहार र सोचलाई नियालौं । अरुलाई भन्दा आफूलाई परिवर्तन गर्न सजीलो छ भनेर बुझौं। ‘अनुहारमा कालो लागेको छ भने ऐना पुछेर हुदैन’ मनन गरौं।

७. धैर्यशिल रहौं। रात भर मै सफल हुन सकिदैन भन्ने तथ्य बुझौं र लगातारको मेहनतले नै सफलता देखाउछ अनी बीचमा आउने बाधा ब्यवधानहरुले हामीलाई बढि अनुभवी र परिस्कृत बनाउछ भनेर बुझौं। बाधा ब्यबधान पुर्याउने अनी हामीलाई खराब लाग्ने मान्हछेहरुलाई पनी धन्यबाद दिउँ, सम्हालिएर चल्न यिनैले सिकाउछन । काँचो फलामबाट खुकुरी बन्न ९०० डिग्री तापमानमा पोलीनु पर्छ, पिटाई खानु पर्छ अनी त्यत्तीकै घोटिनु पर्छ।