भारतमा एकैदिन थपिए १ लाख ६८ हजार संक्रमित ,९ सय ४ जनाको मृत्यु

सोमबार, ३० चैत्र २०७७

काठमाडौं – भारतमा एकैदिन १ लाख ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा कूल संक्रमित संख्या १ करोड २१ लाख नाघेको छ । मृत्यु संख्या १ लाख ७० हजार पुगेको छ ।

हालसम्म भारतमा १ करोड ३५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ करोड २१ लाख ५६ हजारभन्दा बढी निको भइसकेका छन् ।

सोमबार कोरोनाकै कारण भारतमा ९ सय ४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ७० हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । यो संख्या कूल संक्रमितको १।२६ प्रतिशत हो ।