प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

सोमबार, ३० चैत्र २०७७

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

बैठक वैशाख ६ गते बिहान ११ बजे बालुवाटारमा बोलाइएको छ ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। यस्तै कार्यविभाजन, उपनिर्वाचन तयारी, समसामयिक प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो ।