कर्णाली प्रदेशसभा बैठक आह्वान
सुर्खेत– कर्णाली सरकारले आउँदो बैशाख तीन गते कर्णाली प्रदेशसभाको सातौ अधिवेशन आह्वानको लागि सिफारिस गर्ने निर्णय भएको छ ।
आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ गते संसद् बैठक आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले कालीकोटको नरहरिनाथ गाउँपालिका वडाको संख्या बढाउने र सिमाना हेरफेर गर्ने निर्णयसमेत गरेको छ ।
एमालेका सांसद सुशील थापाले भने नयाँ वर्षमा नयाँ सरकार गठन हुने प्रक्रिया सुुरु हुने संकेत देखिएको बताए । उनले आज सामाजिक सञ्जाल फेसकुबमा स्टाटस लेख्दै थापाले भनेका छन्, ‘नयाँ वर्षमा नयाँ सरकार बन्ने बैशाख ३ गते साँझबाट नयाँ सरकारको प्रक्रिया सुुरु हुन्छ ।
त्यस्तै कर्णाली खेलकुद परिषद्को सदस्यमा जाजरकोट नलगाड नगरपालिका–५ का इन्द्रबहादुर शर्मालाई मनोयन गर्ने निर्णय भएको प्रवत्ता केसीले बताइन् ।