प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौँ– शनिबार बिहान ११ वजेका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुनेछ।
संसद्को अधिवेशन, बढ्दो कोरोना सङ्क्रमणलगायतका विषयमा कुराकानी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। उनले भने, “संसदमा रहेका दलहरूसँग समय–समयमा प्रधानमन्त्रीले छलफल गर्ने गर्नुभएको छ, सोहीअनुसार भोलि छलफल हुन लागेको हो।”
सर्वदलीय बैठकमा सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेता सहभागी हुनेछन् ।