आजको मौसम : मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना
काठमाडौं – पहाडी भू–भागका थोरै स्थानमा आज मेघगर्जन ,चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
विभागका अनुसार आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।
मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेकाले सतर्क हुन विभागले नागरिकलाई आग्रह गरेको छ ।