दिल्लीमा एक साता लकडाउन घोषणा, एकैदिन २ लाख ७३ हजार संक्रमित
दिल्ली– भारतको राजधानी नयाँदिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी एक साताको लागि लकडाउन घोषणा गरिएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को सोमबार बिहानसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।
सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।