कोरोनाविरूद्धको दोस्रो चरण खोप अभियान आजदेखि सुरू, कसले कहिले लगाउने ? (सूचिसहित)
काठमाडौं – कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू हुँदैछ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ। अभियान वैशाख ११ सम्म जारी रहनेछ।
कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो। उक्त अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान र बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीलगायतले खोप लगाएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियान देशभर सञ्चालन हुने जनाएको छ। प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन्। पहिलो चरणमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप ४ लाख ३८ हजार ८७९ जनाले लगाएका थिए।
विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।
काठमाडौं उपत्यकाका लागि १९ केन्द्र तोकिएको छ।
