त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

मंगलबार, ७ बैशाख २०७८

त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ मा टियु क्रिकेट मैदानमा हुनेछ ।

नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । साथै नेपालले मलेसियालाई ९ विकेटले हराउँदै लगातार दोस्रो जितसहित फाइनल नजिक पुगेको अवस्था छ । आजको खेलमा विजयी नेपाल एक खेल अगावै फाइनल पुग्नेछ ।

सरकारले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय ट्वान्टी(ट्वान्टी क्रिकेटका खेल दर्शकबिना नै खेलाइने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।