अनुशासनहीनतासँग हामी सम्झौता गर्न सक्दैनौँ : ओली

बिहिबार, ९ बैशाख २०७८

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसक्ने बताएका छन् ।

उनले अनुशासनहीता र अराजकतासँग सम्झौता गर्न नसकिने पनि बताए । बिहीबार बिहान बल्खुमा एमालेको नयाँ कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

“पार्टी अनुशासित बनाउनुपर्छ । अनुशासनहीनतासँग हामी सम्झौता गर्न सक्दैनौँ ।  पार्टीविरोध गतिविधि, गुटगत गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन सक्दैनौँ,” उनले भने ।