वार्ता गर्दागर्दै होटल मेरियटबाट धरहरा हेर्दै ओली र नेपाल
काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले नागपोखरीस्थित मेरियट होटलबाट नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्।
दोस्रो दिन पनि छलफलमा जुटेका उनीहरुले होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
धरहराको निर्माण सकिएको छ। यसको वैशाख ११ गते उद्घाटन हुने बताइएको छ। प्रधानमन्त्री ओलीले धरहरा निर्माणलाई आफू नेतृत्वको सरकारको प्रमुख कामका रुपमा चर्चा गर्दै आएका छन्।
एमालेभित्रको विवाद फुटउन्मुख भएको बेला दुई नेताबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।