एम्बुलेन्सबाटै ७ जना कोरोना संक्रमित फरार

शुक्रबार, १० बैशाख २०७८

कैलाली – धनगढीमा आइसोलेसन लग्ने क्रममा ७ जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्। बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट कोरोना संक्रमण पुस्टि भएको थियो।

त्यसपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए । ती संक्रमित भारतीय नागरिकहरु बेलीको जंगलतर्फ भागेकोे बताइएको छ।